कृषि कर्जा मेला कार्यक्रम आयोजनाका लागि नबिल बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन्सबीच सम्झौता

कृषि कर्जा मेला कार्यक्रम आयोजनाका लागि नबिल बैंक र आर एण्ड डि इनोभेटिभ सोलुसन्सबीच सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंक लिमिटेडले आर एण्ड डी इनोभेटिभ सोलुसन्स् प्रा.लि.सँग सम्झौता गरेको छ । बैंकले नेपालमै पहिलो पटक आयोजन हुन लागेको ‘कृषि कर्जा मेला’ तथा ‘कृषि लगानी सम्बन्धि राष्ट्रिय सम्वाद’ मा सहकार्य गर्न सोलुसन्स्सँग सम्झौता गरेको हो ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघ द्वारा यही २०७८ माघ ५ देखि ८ गते सम्म चितवन एक्स्पो सेन्टर, नारायणगढमा आयोजना हुन गईरहेको पा“चौ राष्ट्रिय कृषि यन्त्रीकरण प्रदशनीमै एकैसाथ “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को आयोजना उक्त सोलुसन्स् प्रा. लि.ले गर्दैछ ।

किसान, उद्यमी, कृषि व्यापारी, प्रविधि प्रदायक, वित्तीय संस्थाहरु र नीति निर्माताहरू जस्ता कृषि सम्बन्धि सम्पूर्ण सरोकारवालाहरुलाई एउटै थलोमा ल्याउने उक्त मेलाको उद्देश्य रहेको बैंकले जनाएको छ ।

बैंकद्वारा संचालन हुन लागेको उक्त मेलाको प्रमुख आकर्षण “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” कार्यक्रममा कृषि लगानी सम्बन्धि समस्याहरू समाधान गर्न वित्तीय संस्था, नीति निर्माता, किसान र स्थानीय सरकारहरू बीचको व्यावहारिक अनुभवका आधारमा खुला र रचनात्मक छलफललाई प्राथमिकता दिइनेछ ।

उक्त सहकार्यका लागि नबिल बैंक लिमिटेको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत (डनिल) र आर. एण्ड. डी. इनोभेटिभ सोलुसन्स् प्रा. लि. का तर्फबाट अध्यक्ष श्रीमती सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

कृषि कर्जा मेलामा आयोजना हुन लागेको “कृषि लगानी सम्बन्धि राष्ट्रिय संवाद” को प्रस्तुति गर्न पाउदा नबिल बैंक गौरवान्वित भएको निरज कुमार बस्नेत (डनिल) ले बताए । उक्त संवाद कार्यक्रममा कृषि क्षेत्रका सबै सरोकारवालाहरूलाई एउटै थलोमा रहेर बैंकिङ संस्थाको कर्जा आवेदन प्रक्रिया र कार्यविधि, किसानहरूले भोग्ने समस्या र नीति नियम बीचको अन्तर, किसानहरू, उद्यमीहरू र कृषि व्यापारीहरूको वास्तविक आवश्यकता पूरा गर्न आवश्यक नीतिहरू परिमार्जन गर्न नियामक संस्थाहरूको विचार सम्प्रेषण गर्ने वातावरण तथा अवसर प्रदान हुनेछ ।”

त्यस्तै गरी सुनिता न्हेम्हाफूकीले भनिन् “सबै बैंक/वित्तीय संस्था एकै थलोमा, बुझौं र बुझाऔं कृषि कर्जाको बारेमा” भन्ने हाम्रो प्रयासलाई नबिल बैंकका साथले सम्रग कृषिमा वित्तीय पहु“च पुर्याउने कामको लागि यस सहकार्य कोसेढुंगा साबित हुनेछ ।” नेपालमा नै पहिलो पटक हुन लागेको यो मेलाले कृषिमा देखिने गरेर परिबर्तन ल्याउनेछ भन्नेमा विश्वस्त रहेको बताइन् ।