एनएमबि बैंकको लाभांश पारित, चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने

एनएमबि बैंकको लाभांश पारित, चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुग्ने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
एनएमबि बैंकको २६औँ वार्षिक साधारण सभाले संचालक समितिले प्रस्ताव गरेको १२.५० प्रतिशत बोनस शेयर पारित गरेको छ । बोनस शेयर पारित भएसँगै बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ ।

पौष २२ गते, बिहिबार त्रिभुवन आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाण्डौंमा सभा सम्पन्न बैंकको साधारण सभाले आ.व. २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश (बोनस र नगद लाभांशको कर प्रयोजनको लागी समेत) पारित गरेको हो ।

साधारण सभाद्वारा स्वीकृत बोनस शेयर पश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड पुगेको बैंकले जनाएको छ । बैंकको २०७८ अषाढसम्ममा खुद नाफा २ अर्ब ७१ करोड, निक्षेप रु. १६६ अर्ब र कर्जा रु. १५८ अर्ब रहेको छ ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको हो ।