एकैदिनमा ३० अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

एकैदिनमा ३० अर्बले बढ्यो निक्षेप, सिडी रेसियोमा सुधार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
बैंकहरूकाे निक्षेप संकलन एक दिनमै ३० अर्बले बढेकाे छ । बैंकहरू निक्षेप संकलनमा आक्रामक बन्न थालेपछि सिडी रेसियाे पनि सुधार हुँदै गएकाे छ । 

नेपाल राष्ट्र बैंकका अनुसार पाैष २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४२ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष १९ गते बैंकहरूकाे निक्षेप ४२ अर्ब ४७ अर्ब रूपैयाँ रहेकाे थियाे । एकैदिनमा बैंकहरूकाे निक्षेप ३० अर्बले बढेकाे हाे ।

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि बढेकाे छ । बैंकहरूकाे कर्जा लगानी १ अर्बले बढेर ४६ खर्ब १९ अर्ब पुगेकाे छ । बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८९.८२ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।