गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस कति ? 

गरिमा विकास बैंकको लाभांश घोषणा, बोनस कति ? 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
गरिमा विकास बैंकले लाभांश घोषणा गरेको छ। कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट बितरण गर्ने लाभांश प्रस्ताव गरेको हो। 

कम्पनीले १६ प्रतिशतले हुन आउने त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश साधारणसभामा बितरण हुने छ। 

गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि शेयर किन्नेले भने बोनसमा लाग्ने कर आफैले तिर्नु पर्ने छ । 

कम्पनीले भनेको छ 'गरिमा विकास बैंक लि.को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.६२०,१६६,२९३.४४ (संचित मुनाफा रु.६२०,०६९,२२५/२६ तथा शेयर प्रिमियम रु.९७,०६८.१८) तथा साविक सहारा विकास बैंक लि. को आ.व. २०७७/०७८ को संचित मुनाफा तथा शेयर प्रिमियमबाट रु.११,५४३,००३।३७ (संचित मुनाफा रु.४,८७४,७५१।३७ तथा शेयर प्रिमियम रु.६,६६८,२५२.००) समेत कूल रकम रु.६३१,७०९,२९६.८१ बराबरको रकम जस अनुसार गरिमा विकास बैंक लि. को साविक सहारा विकास बैंक लिमिटेड प्राप्ति पूर्वको चुक्ता पूँजी रु.३,६७५,९१२,५०१.०८ (अक्षरेपी तीन अर्व सतसट्टी करोड उन्साठी लाख बाह्र हजार पाँच सय एक रुपैया र पैसा आठ मात्र) तथा साविक सहारा विकास बैंक लि. को चुक्ता पूँजी रु.२७२,२७०,६०४।- (अक्षरेपी सत्ताइस करोड बाइस लाख सत्तरी हजार छ सय चार मात्र) समेत विकास बैंकको हाल कायम चुक्ता पूँजी रु.३,९४८,१८३,१०५.०८ (अक्षरेपी तीन अर्व चौरानब्बे करोड एकासी लाख त्रियासी हजार एक सय पाँच रुपैंया पैसा आठ मात्र) को १६ प्रतिशत अर्थात रु.६३१,७०९,२९६.८१ (अक्षरेपी त्रिसट्ठी करोड सत्र लाख नौ हजार दुई सय छयानब्बे र पैसा एकासी मात्र) बोनश शेयर गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति हुने क्रममा सम्पन्न अन्तिम सम्झौता अनुरुप सहारा विकास बैंक लिमिटेड गरिमा विकास बैंक लिमिटेडमा प्राप्ति भए पश्चात गरिमा विकास बैंक लिमिटेडमा हाल कायम शेयरधनीहरुलाई वितरणको लागि प्रस्ताव गर्ने निर्णय भयो । गरिमा विकास बैंक लिमिटेडमा सहारा विकास बैंक लिमिटेड प्राप्ति भई एकिकृत कारोवार सम्पन्न गर्दाको दिन भन्दा पछाडि दोस्रो बजारबाट शेयर कारोबार भई कायम शेयरधनीहरुले प्रचलित आयकर ऐन बमोजिम लाभांश (बोनश शेयर) बापत तिनुपर्ने कर सम्बन्धित शेयरधनीहरुबाट नगदै जम्मा गराई भुक्तानी गर्ने समेत निर्णय गरेको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछु ।'

\"\"