ग्लोबल आइएमई बैंकको कोर क्यापिटल ३३.७५ अर्ब पुग्यो

ग्लोबल आइएमई बैंकको कोर क्यापिटल ३३.७५ अर्ब पुग्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
ग्लोबल आइएमई बैंक लिमिटेडको ग्लोबल आईएमई बैंकको चुक्ता पूँजी रिजर्भ सहित कोर क्यापिटल ३३ अर्ब ७५ करोड ८० लाख रुपैयाँ पुगेको छ ।

स्थापनाको १५ वर्षमा बैंकले यो सफलता हासिल गरेको हो । यस अवधिमा बैंकको निक्षेप संकलन २ खर्ब ७४ अर्ब रुपैयाँ र लगानीमा रहेको कर्जा रकम २ खर्ब ६९ अर्ब रुपैयाँ रहेको छ ।

विसं २०६३ साल पुस १८ गते क्षेत्रीयस्तरको वाणिज्य बैंकको रुपमा स्थापना भएको ग्लोबल बैंकले हालसम्म १५ वर्षमा १८ वटा बैंक तथा वित्तीय संस्थाहरु मर्जर तथा एक्विजिशन मार्फत आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल भएको छ ।

ग्लोबल आईएमई बैंकमा हालसम्म कमर्स एण्ड ट्रष्ट वाणिज्य बैंक र १५ वटा विकास बैंक तथा फाइनान्स कम्पनी विलय भएका हुन् । जहाँ गुल्मी विकास बैंक, सोसल डेभलपमेन्ट बैंक, रिलायबल डेभलपमेन्ट बैंक, प्यासिफिक डेभलपमेन्ट बैंक, कन्जुमर डेभलपमेन्ट बैंक, त्रिवेणी विकास बैंक, ड्राइ डेभलपमेन्ट, ब्राइट डेभलपमेन्ट, पब्लिक डेभलपमेन्ट र सिद्धार्थ डेभलपमेन्ट बैंक, आईएमई फाइनान्स, लर्ड बुद्ध फाइनान्स, हाथ वे फाइनान्स, शुभलक्ष्मी फाइनान्स र नेपाल आवास फाइनान्स गाभिएका हुन् ।

ग्लोबल आइएमई बैंकले उत्कृष्ट बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ बैंकले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा, २६३ शाखा रहित बैंकिङ्ग सेवा, २५२ एटीएम, ४८ एक्स्टेन्सन काउन्टर र तीनवटा वैदेशिक सम्पर्क कार्यालय मार्फत २७ लाख ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकमा ३ हजार २०० भन्दा बढी कर्मचारी कार्यरत छन् ।

प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी आफ्नो लक्ष्य निर्धारण गरेर बैंक अगाडि बढेको बताए ।

ग्लोबल आइएमई बैंक लिमिटेड आइतबारदेखि स्थापनाको १६ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ४९ कर्मचारीहरुलाई सम्मान गरेको छ । आफ्नो स्थापनाको १५ औं वर्षको अवसरमा बैंकले सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ ।