बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बंगलादेश बैंककाे सिनियर डेपुटी सीईओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंक संचालक समितिले पाण्डेलाई नियुक्त गरेकाे बैंक स्राेतले बताएकाे छ । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) को डेपुटी सीईओबाट राजिनामा गरेर पाण्डे एनबी बैंककाे सीईओ बन्नेगरी जान लागेका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकबाट ३ वर्षअघि निफ्रा बैंककाे डेपुटी सीईओमा नियुक्त भएका थिए । पाण्डेसँग २० वर्षे बैंकिङ्ग अनुभव रहेकाे छ ।
एनबी बैंककाे सीईओ ज्ञानेन्द्र ढुंगानाकाे दाेस्राे कार्यकाल सकिन लागेकाले पाण्डेलाई सीईओ बनाउन लगिएकाे हाे । ढुङ्गानाले एनबी बैंक १० वर्ष सीईओ भएर बैंक हाँकेका थिए । ढुङ्गाना यही पुष १७ गते बिदा हुँदैछन् । पाण्डेले माघ १ गतेदेखी एनबी बैंक सम्हाल्ने भएका छन् ।
प्रतिक्रिया