२१ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

२१ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले २१ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । पुस १३ गतेबाट जारी गर्न लागेको उक्त ट्रेजरी बिलका लागि सोमबार(आज) बोलकबोल गर्ने भएको छ । केन्द्रीय बैंकले पुस १३ गतेबाट जारी गर्न लागेको ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो। राष्ट्र बैंकले ९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल आउँदो चैत १५ गते परिपक्व हुनेछ ।

त्यस्तै केन्द्रीय बैंकले १८२ दिनका लागि १० अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ साल असार १४ गते परिपक्व हुनेछ । यसैगरी बैंकले ३६४ दिने २ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ । यो ट्रेजरी बिल २०७९ पुस १२ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँड हुने राष्ट्र बैंकले जनाएको छ । ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

\"\"