सहकारी बैंकद्वारा २ अर्बको कोष खडा, विना धितो ऋण पाइने

सहकारी बैंकद्वारा २ अर्बको कोष खडा, विना धितो ऋण पाइने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
राष्ट्रिय सहकारी बैंकले तरलता व्यवस्थापनका लागि कोष खडा गरेको छ । सहकारी क्षेत्रमा तरलताको समस्या आउन नदिन बैंकको सञ्चालक समिति बैठकले कोष खडा गर्ने निर्णय गरेको हो ।

बैंकले २ अर्ब रुपैयाँको कोष स्थापना गरेको छ । बैंकका अध्यक्ष केवी उप्रेतीका अनुसार सो कोषका लागि कार्यविधि नै बनाएर अगाडि बढिरहेको छ ।व्यवसायीहरुलाई पनि व्यापार विस्तारसँगै व्यवसाय जोगाउन पनि समस्या भइरहेको भन्दै त्यो समस्या सहकारी क्षेत्रमा आउन नदिनको लागि कोष स्थापना गरेको उनले बताए ।

उनका अनुसार बैंक्ले सो कोष परिचालनका लागि बनेको कार्यविधिमा उल्लेख मापदण्ड अनुसार नै सहकारीहरुलाई ऋण दिइनेछ । यो कोषमा विनाधितो ऋणको पनि व्यवस्था गरिएको छ । विनाधितो लगानी गर्ने सहकारीहरुको विगतको कारोबार हेरेर ऋण लगानी हुने उनले बताए ।