५ अर्बले घट्यो निक्षेप, सीडी रेसियो कति ?

५ अर्बले घट्यो निक्षेप, सीडी रेसियो कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मंसिर अन्तिममा वृद्धि भएको बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप पुस लागेपछि घटेको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४८ खर्ब आठ अर्ब रुपैयाँ निक्षेप रहेको छ । अघिल्लो साताको तुलामा पाँच अर्ब निक्षेप घटेको हो । गत सातासम्म बैंकहरूमा ४८ खर्ब १३ अर्ब निक्षेप रहेको थियो । 

वाणिज्य बैंकहरूबाट चार अर्ब र विकास बैंक तथा वित्तीय संस्थाहरूबाट एक अर्ब निक्षेप घटेको छ । बिहीबारसम्म बाणिज्य बैंकहरूमा कुल ४२ खर्ब ३८ अर्ब, विकास बैंक तथा वित्तीय संस्थाहरूमा पाँच खर्ब ७० अर्ब निक्षेप रहेको छ । 

निक्षेपसँगै बैंक तथा वित्तीय संस्थाहरूको कर्जा लगानी पनि खुम्चिएको छ । बिहीबारसम्म कुल लगानी एक अर्ब घटेर ४६ खर्ब चार अर्बमा झरेको छ । निक्षेप संकलन घटेपछि बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) पनि बढेर ९१ दशमलव २१ प्रतिशतमा पुगेको राष्ट्र बैंकले जनाएको छ ।