सैनिक सकलदर्जा आवास कर्जा सुरु, ३.३२ प्रतिशतमा २५ लाख ऋण पाइने

सैनिक सकलदर्जा आवास कर्जा सुरु, ३.३२ प्रतिशतमा २५ लाख ऋण पाइने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाली सेनामा ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा–२०७८’ को औपचारिक रुपमा शुभारम्भ गरिएको छ । बुधबार प्रधान सेनापति प्रभुराम शर्माले जंगी अड्‍डामा आयोजित एक कार्यक्रमकाबीच आवास कर्जा योजनाको शुभारम्भ गरेका हुन् । 

सैनिक सेवामा न्यूनतम १० बर्ष पूरा गरेका, श्रीमान् वा श्रीमतीको नाममा नेपालभित्र आफ्नो घर नरहेका बहालवाला सकलदर्जालाई जम्मा ३.३२ प्रतिशत ब्याजदरमा घरजग्गा खरिद गर्न २५ लाखसम्मको आवास कर्जा उपलब्ध गराइने सेनाले जनाएको छ । सेनाका अनुसार हालसम्म २० जनाले उक्त सुविधाको लागि आवेदन दिइसकेका छन् भने त्यसमध्ये ७ जनाको प्रकृया पूरा भइ बैंकमा सिफारिस भइसकेको छ । यस्तै अन्य आवेदनहरु प्राप्त हुने क्रममा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

सेनाले गत कात्तिक २२ मै  राष्ट्रिय बाणिज्य बैंक लिमिटेड र राष्ट्रिय बीमा संस्थानसँग ऋणसम्बन्धी सम्झौता गरिसकेको छ । आवास कर्जा आवेदन स्वीकृत भएका बहालवाला सकलदर्जाहरुलाई दोश्रो पक्षले धितो मूल्यांकनको आधारमा घर खरीद गर्न एकमुष्ठ र घर निर्माणको हकमा कार्य प्रगतिको आधारमा पहिलो किस्ता स्वीकृत कर्जाको ४० प्रतिशत र दोश्रो तथा अन्तिम किस्ता ३०–३० प्रतिशतका दरले निर्माण प्रगतिको आधारमा प्रवाह गर्नेजनाइएको छ । 

कर्जा सुविधा उपभोगका लागि तोकिएको योग्यता पुगेकाहरुले काठमाडौ उपत्यकाको हकमा सैनिक कल्याणकारी महानिर्देशनालय, जंगी अड्डा अन्तर्गत रहेको ‘आवास कर्जा कार्यान्वयन इकाई’ र उपत्यका बाहिरको हकमा पायक पर्ने नेपाली सेनाको युनिट वा कल्याणकारी बोर्ड अन्तरगतका हिताधिकारी कल्याण केन्द्रहरुमा आवेदन दिन सक्नेछन् ।