हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको विषयमा राष्ट्र बैंकलाई  सञ्चय कोषको पत्र 

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको विषयमा राष्ट्र बैंकलाई  सञ्चय कोषको पत्र 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 कर्मचारी सञ्चय कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोष सकारात्मक भएको प्रतिक्रिया दिएको छ । हिमालयन बैंकमा १४ प्रतिशत सेयर स्वामित्व रहेको कोषले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरमा कोषको तर्फबाट कुनै अवरोध नभएको स्पष्ट पारेको हो ।

कोषले राष्ट्र बैंकलाई पत्र पठाउँदै कोष दुई बैंकको मर्जरमा आफु सकारात्मक रहेको प्रष्ट पारेकाे हाे । कर्मचारी सञ्चय कोषका एक सञ्चालकका अनुसार कोषले हालसम्म बैंकहरुको मर्जर बारे कुनै अवरोध नगरेको र कोष मर्जरप्रति सकारात्मक रहेको भन्दै राष्ट्र बैंकलाई पत्र पठाएको हो ।

‘सञ्चय कोषले कहिल्यै पनि मर्जरको विपक्षमा बोलेको छैन, दुई बैंकको मर्जर नै होस् भन्ने हामी चाहन्छौं, तर, सञ्चयका कोषको लगानीको प्रतिफल र सुरक्षा हुनु पर्छ भन्ने हाम्रो भनाई हो, हामीले पहिले पनि मर्जर हुनु पर्छ भनेका थियौं, अहिले पनि भन्छौं,’ कोष स्रोतले भन्यो ।

राष्ट्र बैंकलाई पठाएको पत्रमा कोष दुई बैंकको मर्जरप्रति सकारात्मक भएको तर सञ्चयकर्ताको लगानी सुरक्षित र लगानी अनुसारको प्रतिफल हुनु पर्ने धारणा उल्लेख गरेको स्रोतको भनाई छ ।

यसअघि हिमालयन बैंकको अध्यक्षका रुपमा सञ्चय कोषको तर्फबाट तुलसी प्रसाद गौतम थिए । तर, गौतमलाई सरकारले कोषको प्रशासकबाट पदमुक्त गरेपछि बैंकको सञ्चालकको रुपमा कोषका कार्यवाहक प्रशासक जितेन्द्र धिताल छन् भने बैंकको अध्यक्ष्यमा प्रचण्डबहादुुर श्रेष्ठ छन् ।

श्रेष्ठ बैंकको अध्यक्षका रुपमा नियुक्त भएपछि बैंकको मर्जर प्रक्रियाले गति लिन सकेको थिएन । तर, आइतबार बसेको हिमालयन बैंकको संचालक समितिले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने निर्णय गरिसकेको छ ।

हिमालयन बैंकका सञ्चालक आशिष शर्माले आगामी बिहीबार हिमालयन बैंकको संचालक समितिको अर्काे बैठक बस्ने र सो बैठकले साधारणसभाको मिति तोक्ने बताए । उनका अनुसार अब दुई बैंकको मर्जर प्रक्रिया अगाडि बढ्नेछ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जरमा जानको लाग गत बैशाख ३० गते समझदारी पत्र (एमओयु) मा हस्ताक्षर भएको थियो ।