एनसीएचएलले पायो डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१

एनसीएचएलले पायो डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) ले डिजिटल सर्भिसेस आईसीटी अवार्डस् २०२१ बाट सम्मानित भएको छ । लिभिङ्ग विथ आईसीटीले विभिन्न १२ वटा विधामध्ये डिजिटल सभिसेस् विधामा एनसीएचएललाई अवार्डद्वारा सम्मान गरेको हो ।डिजिटल रुपान्तरणका लागि प्रमुख भूमिका निर्वाह गर्न आवश्यक भुक्तानीका पूर्वाधारहरु स्थापना र सञ्चालन गरी विद्युतीय कारोबारको सहजीकरणको कार्यमा एनसीएचएलले पुर्याउँदै आएका महत्वपूर्ण योगदानहरुको सम्मान स्वरुप उक्त अवार्ड प्रदान गरिएको हो ।

यो अवार्डले एनसीएचएललाई आफूले गर्दै आएका काम प्रति थप जिम्मेवारी बोध गराएको छ भने उक्त कार्यलाई निरन्तरता दिन र नयाँ इनोभेटिभ प्रोडक्टहरुको विस्तार गर्न थप प्रोत्साहित गरेको छ । भुक्तानी पूर्वाधारहरु निर्माण गरी साझेदारी र सहकार्यको अवधारणामा एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तबैंक विद्युतीय भुक्तानी, कनेक्ट आईपीएस ईपेमेन्ट, कनेक्ट आरटीजीएस, नेशनल पेमेन्टस् इन्टरफेस, र कर्पोरेटपे लगायतका राष्ट्रिय भुक्तानी प्राणालीहरु सञ्चालन गरी डिजिटल पेमेन्टको सेवा पुर्याउँदै आएको छ ।

एनसीएचएलले आर्थिक वर्ष २०७७/७८ मा १३० खर्ब बराबरको विद्युतीय कारोबार फर्छ्यौट गरेको थियो भने यस आर्थिक वर्षको मंसिर मसान्तसम्म ६५ खर्ब भन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ, जस अन्तर्गत नेपाल सरकारको विभिन्न निकायहरु, संस्थानहरु, पुँजीबजार, बीमा, रेमिटेन्स, ठूला संस्थाहरु लगायतका विभिन्न रिटेल भुक्तानीका कारोबारहरुलाई सहजीकरण गर्दै आएको छ ।

हालै विद्युतिय भुक्तानीका उपकरणको प्रयोगलाई सहज, सुलभ र सुरक्षित बनाउन भुक्तानी कार्ड, रिटेल पेमेन्ट, क्युआर लगायतका विद्युतिय भुक्तानीका माध्यम बीच अन्तरआबद्धता कायम गर्दै नेपाल भित्र हुने कारोबारको भुक्तानी र फरफारक गर्न तथा नेपालको आफ्नै भुक्तानी कार्ड समेत प्रयोगमा ल्याउन एनसीएचएलले नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन समेत थालनी गरेको छ ।