बोनस सेयरबाट नबिल बैंकको सय कित्ता हुनेले पाए ४८ हजार

बोनस सेयरबाट नबिल बैंकको सय कित्ता हुनेले पाए ४८ हजार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च वृद्धि भएको देखिएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्ने लाभांशका अनुसार नबिल बैंकको सेयर हुनेहरुको सम्पत्तिमा उच्च रुपले वृद्धि हुने देखिएकाे हाे ।

नबिल बैंकले सेयरधनीहरुलाई कुल ३८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा ३३.६० प्रतिशत स्टक र ४.४० प्रतिशत नगद लाभांश रहेको छ । ३३.६० प्रतिशत स्टक लाभांशलाई आधार मान्दा १०० कित्ता सेयर हुने सेयरधनीले कुल ३३.६० कित्ता सेयर पाउँछन् । ३३ं.६० कित्ता सेयरलाई बिहीबारको बजार मूल्य १४३० रुपैयाँसँग तुलना गर्दा सेयरधनीहरुको सम्पत्ति ४८ हजार ४८ रुपैयाँले बढ्छ भने सेयरधनीको कुल सम्पत्ति अर्थात पोर्टफोलियो १ लाख ४८ हजार ४८ रुपैयाँको हुन आउँछ ।

यस्तै, गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश दिने बैंकहरुको दोस्रो सूचीमा हिमालयन बैंक छ । हिमालयन बैंकले पनि सेयरधनीलाई २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले कुल लाभांशको २१.३६ स्टक र ४.६४ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

१०० कित्ता सेयर हुने हिमालयन बैंकका सेयरधनीले कुल २१.३६ कित्ता सेयर लाभांशका रुपमा पाउँछन् । यद्यपि अहिले हिमायन बैंकको सेयर कारोबार भने रोक्का छ । गत आर्थिक वर्षको नाफाबाट उच्च लाभांश दिने बैंकहरुको तेस्रो स्थानमा कृषि विकास बैंक रहेको छ । कृषि विकास बैंकले आफ्नो सेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकले कुल लाभांशमध्ये २० प्रतिशत स्टक र १.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । बिहीबारकोको सेयर बजारको मूल्य अनुसार बैंकको सेयर मूल्य ४४१ रुपैयाँ छ । १०० कित्ता सेयर हुने कृषि विकास बैंकका सेयरधनीले २० कित्ता सेयर पाउँछन् ।

२० कित्ता सेयरलाई ४४१ रुपैयाँ सेयरमूल्यसँग गुणन गर्दा सेयरधनीको सम्पत्ति ८ हजार ८ सय २० रुपैयाँले बढ्छ । १०० कित्ता सेयर हुने कृषि विकास बैंकका सेयरधनीहरुको सम्पत्ति लाभांशपछि कुल ५२ हजार ९ सय २० हुन आउँछ ।