थप ७ बैंक तथा वित्तीय संस्थाबाट आरटिजिएस प्रणाली सञ्चालन

थप ७ बैंक तथा वित्तीय संस्थाबाट आरटिजिएस प्रणाली सञ्चालन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
एक विकास बैंक र ६ वित्त कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटिजिएस प्रणालीमा आवद्ध गराइएको छ। नेपाल क्लियरिङ्ग हाउसले उपलब्ध गराएको कनेक्टआरटिजिएसको प्रयोग गरेर यी संस्थाहरुले अब आरटिजिएस प्रणालीमा कारोबार गर्न सक्नेछन्।  

सप्तकोशी विकास बैंक, बेस्ट फाइनान्स, गुर्खाज् फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, गुडविल फाइनान्स,  प्रोग्रेसिभफाइनान्स तथा रिलायन्स फाइनान्स हालै उक्त प्रणालीमा थपिएका छन्। 

यसअघि २७ वटा वाणिज्य बैंक, ८ विकास बैंक र २ वित्त कम्पनीमा आरटिजिएस प्रणाली सञ्चालनमा आइसकेका छन्। आरटिजिएस प्रणालीमा रहेका बैंक÷वित्तिय संस्थामध्ये ४२ वटा संस्थाएनसीएचएलद्वारा सञ्चालित कनेक्ट आरटिजिएसमार्फत सो प्रणालीमा जोडिएका हुन्।  

आरटिजिएस प्रणालीमार्फत् दुईलाख भन्दामाथिका र तत्काल गरिने भुक्तानीहरू अब यी विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु व अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ।
ग्राहकहरूले आरटिजिएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरेर उपलब्ध फारम भरी सो सेवा लिन सक्छन्। 

एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न नेपालराष्ट्र बैंकले लागू गरेको आरटिजिएस प्रणालीसँग जोडिन बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ प्रणालीसँग इन्टिगे्रट गर्न कनेक्ट आरटिजिएस प्रणाली प्रदान गरेको हो।

आरटिजिएस प्रणालीको पहुचसँगै विद्युतिय कारोबारको आकर पनि उल्लेखय बृद्घी हुने अपेक्षा गरिएको छ।