शोधनान्तर घाटा एक खर्ब ५० अर्ब, एक महिनामा ७४ अर्बले घाटा थपियो

शोधनान्तर घाटा एक खर्ब ५० अर्ब, एक महिनामा ७४ अर्बले घाटा थपियो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
चालु आर्थिक वर्षको चार महिनामा देशको शोधनान्तर स्थीति एक खर्ब ५० अर्ब ३८ करोड रुपैयाँ घाटामा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर स्थीति ११० अर्ब ६५ करोड रुपैयाँले बचतमा थियो ।

चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र शोधनान्तर घाटा ७४ अर्ब २४ करोड रुपैयाँ थपिएको छ । चालु आर्थिक वर्षको अजोजसम्ममा शोधनान्तर स्थीति ७६ अर्ब १४ करोडले घाटामा थियो । तर, कात्तिक महिनामा मात्रै पहिलो त्रैमासको कुल घाटा जति नै नोक्सानी थप भएको हो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९३ करोड १७ लाखले बचतमा रहेको शोधनान्तर स्थीति समीक्षा अवधिमा १ अर्ब २६ करोडले घाटामा रहेको छ ।
चालु आवको चार महनामा चालु खाता २२३ अर्ब १९ करोडले घाटामा रहेको छ । गत आवको सोही अवधिमा अवधिमा चालु खाता १९ अर्ब १ करोडले बचतमा रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १५ करोड ८६ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ८८ करोडले घाटामा रहेको छ । चालु आवको चार महिनामा पुँजीगत ट्रान्सफर ३९.३ प्रतिशतले कमी आई २ अर्ब ५२ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ७७.० प्रतिशतले वृद्धि भई अर्ब ६३ करोड पुगेको छ । गत आवको सोही अवधिमा पुँजीगत ट्रान्सफर ४ अर्ब १५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ३ अर्ब ७५ करोड रुपौयँ रहेको थियो ।