नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन् । राष्ट्र बैंकको कार्यकारी निर्देशक (विशिष्ट श्रेणी) डा. भट्टलाई आजदेखि लागू हुनेगरि नेपाल राष्ट्र बैंकको प्रवक्तामा तोकिएको हो ।   

अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका डा. भट्ट बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक थिए । यसअघि राष्ट्र बैंकको प्रवक्ता पदको जिम्मेवारी देवकुमार ढकालले सम्हालेका थिए ।