बैंकहरुको नाफा बढ्यो, नबिललाई एनआईसी एशियाले उछिन्यो

बैंकहरुको नाफा बढ्यो, नबिललाई एनआईसी एशियाले उछिन्यो

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
बैंक तथा वित्तीय संस्थाहरूले चालू आर्थिक वर्षको पहिलो चौमासमा साढे पाँच अर्ब रुपियाँले नाफा बढाउन सफल भएका छन् । बैैंकहरूमा तरलता अभावकाबीच पनि बैंकहरूले कर्जा प्रवाह गर्न सकेकोले पनि नाफा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको कात्तिक २०७७ सम्मको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूले कात्तिकसम्ममा २६ अर्ब १७ करोड १० लाख रुपियाँ खुद नाफा कमाएका छन् ।

यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा पाँच अर्ब ५१ करोड ६० लाख रुपियाँले बढेको हो । गत वर्ष बैैंकहरूको सोही अवधिसम्मको यस्तो नाफा २० अर्ब ६५ करोड ५० लाख रुपियाँ रहेको पनि तथ्यांकले देखाएको छ ।

यो अवधिमा वाणिज्य बैंकहरूको मात्रै नाफा चार अर्ब ७० करोड ३० लाख रुपियाँले बढेको छ । तथ्यांक अनुसार वाणिज्य बैंकहरूले चालू आवको पहिलो चौमास अर्थात कात्तिकसम्ममा २३ अर्ब ५२ करोड ९० लाख रुपियाँ खुद नाफा कमाएका थिए । यस्तो नाफा अघिल्लो वर्षको सोही अवधिमा १८ अर्ब ८२ करोड ६० लाख रुपियाँ रहेको पनि तथ्यांकले देखाएको छ ।

यो तथ्यांक अनुसार वाणिज्य बैैंकहरूको नाफा कात्तिकसम्मा करिब २५ प्रतिशतशले बढेको छ । वाणिज्य बैंकको नाफा गत कात्तिकको तुलनामा यो वर्षको सोही अवधिमा २४.९८ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

यो अवधिमा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंकमा एनआईसी एशिया रहेको छ । यो बैंकले चालू आवको कात्तिकसम्ममा एक अर्ब ५९ करोड रुपियाँ खुद नाफा कमाएको छ । यस्तो नाफा यो बैंकको अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब २८ करोड मात्रै रहेको छ ।

नाफा बढी कमाउने दोस्रो बैंकको सूचीमा नबिल बैंक रहेको छ । यो चालू आवको पहिलो चौमासको नाफा एक अर्ब ५५ करोड रुपियाँ रहेको छ । यस्को यस्तो नाफा गत वर्षको सोही अवधिमा एक अर्ब ३६ करोड रुपियाँ मात्रै थियो । नबिल बैंकको तुलनामा एनआइसी एशिया बैंकको नाफाको दर पनि बढी छ ।

यो अवधिसम्ममा सबैभन्दा कम नाफा कामाउने वाणिज्य बैंक सेञ्चुरी बैंक रहेको छ । यसको समीक्षा अवधिको नाफा ३१ करोड रुपियाँ मात्रै छ । त्यसपछि दोस्रो कम नाफा गर्ने बैंकमा सिभिलको ३२ करोड रहेको छ । सिभिलको नाफा भने २२४ प्रतिशते बढेको छ । सिभिलले गत वर्ष कात्तिकमा १३ करोड रुपियाँ मात्रै नाफा कमाउन सकेको थियो ।