ब्याज नबढाउने पत्रमा २६ वाणिज्य बैंकको हस्ताक्षर, स्ट्याण्डर्ड चार्टर्डले मानेन

ब्याज नबढाउने पत्रमा २६ वाणिज्य बैंकको हस्ताक्षर, स्ट्याण्डर्ड चार्टर्डले मानेन

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
निक्षेपको ब्याज नबढाउने पत्रमा २६ वाणिज्य बैंकले हस्ताक्षर गरे पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकले हस्ताक्षर गर्न नमानेको बुझिएको छ । 
एक बैंकरका अनुसार २६ वटा बैंकले ब्याज नबढाउने भन्दै बैंकर्स संघले शुक्रबार पठाएको पत्रमा हस्ताक्षर गरेका छन् । अन्तर्राष्ट्रिय बैंक भएकाले उसको नियमले हस्ताक्षर गर्न नमिल्ने भएकाले स्ट्याण्ड्र्ड चार्टर्ड नगरेको बुझिएको छ । 

दर बढाउँदैमा निक्षेप बढ्दैन भन्ने बुझेपछि बैंकरहरु यस पटक ब्याजदर नबढाउने पक्षमा पुगेका छन् । यसअघि लगातार निक्षेपको ब्याजदर बढाउँदा पनि निक्षेप संकलनमा कुनै प्रगति नभएपछि यो पटक पुरानै ब्यादरलाई कायम राख्दै अघि बढ्ने भएका हुन् । 

नेपाल बैंकर्स संघको शुक्रबार भएको बैठकमा सबै बैंकरहरु ब्याजदर नबढाउने विषयमा सकारात्मक देखिएपछि यो पटक निक्षेपको ब्याजदर नबढ्ने देखिएको हो । अहिले बैंकरहरु बैंकर्स संघबाट गएको पत्रमाथि हस्ताक्षर गरिसकेका छन् । 

‘अहिलेसम्मको स्थिति हेर्दा यो पटक निक्षेपको ब्याजदर बढ्दैन,’ बैंकर्स संघका एक सदस्यले भने, ‘अहिले बैंक बैंकमा प्रमुख कार्यकारी अधिकृतहरुको हस्ताक्षर गरेर पठाइसकेका छन् ।’ 

यस अघि पनि निक्षेपको ब्याजदर नबढाउने पक्षमा थिए । तर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह, नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष अनील उपाध्याय र एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले कुनै हालतमा ब्याज बढाउनुपर्छ भन्ने अडान लिएपछि सबै बैंकहरु ब्याज बढाउन बाध्य भएका थिए । 

तर, निक्षेपको ब्याज बढाउँदा निक्षेप संकलनमा कुनै फरक नपरे पछि यो पटकका लागि ब्याज नबढाउने पक्षमा बैंकरहरु पुगेका हुन् । यद्यपि, कर्जाको ब्याजदर भने आगामी माघबाट बढ्ने छ ।