एडीबीले घटायो एसियाका विकासशील मुलुकको आर्थिक वृद्धिदर अनुमान

एडीबीले घटायो एसियाका विकासशील मुलुकको आर्थिक वृद्धिदर अनुमान

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 यसवर्ष र आगामी वर्ष समेत एसियाली विकासशील मुलुकहरुको आर्थिक वृद्धिदर अनुमान गरिएभन्दा कम हुने एसियाली विकास बैंक (एडीबी) ले जनाएको छ । एसियन डेभलपमेन्ट आउटलुक २०२१ प्रतिवेदन सार्वजनिक गर्दै एडीबीले यसअघि प्रक्षेपण गरेको आर्थिक वृद्धिदर संशोधन गरेको हो ।

यसअघि एडीबीले सन् २०२१ मा एसियाका विकासशील मुलुकहरुको आर्थिक वृद्धिदर ७.३ प्रतिशत रहने अनुमान गरेकोमा अहिले त्यसलाई परिमार्जन गर्दै ७ प्रतिशतमा मात्रै सीमित हुने अनुमान सार्वजनिक गरेको छ ।

त्यस्तै, आगामी वर्ष अर्थात सन् २०२२ मा यी मुलुकहरुको आर्थिक वृद्धिदर ५.३ प्रतिशत रहने प्रक्षेपण गरिएको छ ।दक्षिण एसियाको सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुक भारतको कुल गार्हस्थ उत्पादन (जीडीपी) ९.७ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको थियो । तर अहिले त्यसलाई संशोधन गरेर ७ दशमलव ५ प्रतिशत कायम गरिएको छ ।

एडीबीले नेपालको जीडीपी वृद्धिदर यसअघि नै संशोधन गरिसकेको छ । चालु आर्थिक वर्षका लागि एडीबीको सुरुवाती वृद्धिदर अनुमान ५.१ प्रतिशत रहेकोमा त्यसलाई घटाएर ४.१ प्रतिशतमा झारिएको छ ।