बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त महर्जन प्रहरी नियन्त्रणमा

बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त महर्जन प्रहरी नियन्त्रणमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल प्रहरीले बैंकिङ कसुर मुद्धामा फरार अभियुक्तलाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले ललितपुर महानगरपालिका–२१ का ४२ वर्षीय अमर महर्जनलाई मंगलबार पक्राउ गरेको हो ।

उच्च अदालत पाटनबाट २०७८ असोज ८ गतेको फैसलाले ४ दिन कैद र ४५ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर गरेपछि फरार रहेका महर्जनलाई मंगलबार प्रहरीले शंखमुलबाट नियन्त्रण्मा लिएको जनाएको छ ।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात नभएको भन्ने जानी जानी पीडितहरूलाई मेगा बैंक लिमिटेडको चेकहरु दिएर बैंकिङ कसूरजन्य अपराध गरेको प्रहरीले जनाएको छ ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ ।