क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त

क्लासिक टेकको ब्राण्ड एम्बेस्डरमा बिपिन कार्की नियुक्त

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपालको अग्रणी र ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ ब्राण्ड एम्बेस्डरमा कलाकार बिपिन कार्कीलाई नियुक्त गरेको छ ।

ब्राण्ड एम्बेस्डर नियुक्ती सम्बन्धि सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारी र कलाकार बिपिन कार्कीले हस्ताक्षर गरेका छन् ।

लोकप्रिय अभिनेता बिपिन कार्कीका छड्के, पशुपति प्रसाद, जात्रै जात्रा, सेल्फी किङ लगायतका चलचित्रले सफलता पाएका थिए । बहुमुखी प्रतिभाका धनी कार्कीको पिल्मी यात्रा थिएटर कलाकारबाट सुरु भएको थियो । उनको यहि सफलता, लगाव एवम् क्षमताको कदर गर्दै कम्पनीको व्यवसायिक सामाजिक उतरदायित्व अन्तर्गत ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको क्लासिक टेकले जनाएको छ । करोडौँ दर्शक स्रोता माझ लोकप्रिय अभिनेता कार्की सँगको सम्बन्धले कम्पनीले नयाँ उचाई प्राप्त गर्ने विश्वास पनि क्लासिक टेकले गरेको छ ।

राम्रो कलाकारीताका साथै राम्रो दर्शकमा रूचाएका कलाकार सँगै काम गर्दा कम्पनीका अफर र सेवाहरुको बारेमा बजारमा सही जानकारीहरु प्रचार हुने अपेक्षा रहेको छ ।

सन् २००९ मा सुरू भएको क्लासकिटेकले १२ बर्षको सेवाले ७४ वटा जिल्लामा १०३ वटा ठाँउमा आउटलेट सञ्चालनमा ल्याएको छ । कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको क्लासिकले टेक दुर्गम क्षेत्रदेखि साना साना गाँउ घरमा पनि आफ्नो सेवा विस्तार गरेको छ । लकडाउन भए सँगै इन्टरनेटको प्रयोग बढेका बेला कम्पनीले आउटलेट विस्तार गर्दै ग्राहकहरूलाइ छिटो र छरितो सेवा दिइ रहेको छ ।

कम्पनीले निकट भविश्यमै ५०० एमबिपिएससम्मको हाइ स्पिट इन्टरनेट सेवा गाँउघरमा पुर्याउने हिसाबले सुलभ मुल्यमा नेपालीको पहुँच पुग्नेगरि छिट्टै नै नयाँ सेवा ल्याउने तयारी गरीरहेको छ ।