काठमाडाैं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीको बारेमा संसदलाई जानकारी गराएका छन्। आज बसेको प्रतिनिधि सभाको बैठकमा मन्त्री श्रेष्ठले भदौ १० मा विनाशकारी बाढीले विद्युत पूर्वाधारमा पुर्याएको क्षति, मानवीय क्षति, उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे जानकारी गराएका हुन्।
उनले बाढीबाट ठूलो धनजनको क्षति भएको बताउँदै शोकलाई साहस र शक्तिमा बदल्दै आँसु पुछ्दै,हिलो धुलो टकटक्याउँदै उठ्नैपर्ने ढाडस दिए। ‘यो विपत्तिले धेरैको अभिभावक खोसेको छ। कयौं काख रित्तिएको छ, सिउँदो पुछिएको छ, जीवनको साहारा हराएको छ। कसैले घर, कसैले रोजगारी, कसैले जीवनको आधार गुमाएका छन्। यो प्रकृतिले दिएको गहिरो र कहिल्यै नमेटिने चोट हो।’ उनले भने,‘यस्तो पीडाको बीचमा हामी एउटा कठिन दोबाटोमा उभिएका छौं। शोकमै थला पर्ने कि यही शोकलाई साहस र शक्तिमा बदल्दै फेरि उठ्ने ? हामी उठ्नुछ, आँसु पुछ्दै, हिलो धुलो टकटक्याउँदै उठ्नैपर्छ। नागरिकको भविष्य सुरक्षित र सुन्दर बनाउन उठ्नैपर्छ। फेरि कुनै आमा यस्तो विपत्तिमा रुन नपरोस्, हाम्रा बालबालिकाको विद्यालय नभत्कियोस। व्यवसाय बगेर निरीह बन्न नपरोस् भन्ने अपेक्षासहित नागरिकलाई साथ र भरोसा दिलाउन पर्ने नै छ।’
पूर्णपाठ






About Us
प्रतिक्रिया