लुम्बिनी विकास बैंक  र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल कारोबार सम्झौता

लुम्बिनी विकास बैंक  र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल कारोबार सम्झौता

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो डिजिटल कारोबारलाई अझ स्तरीय बनाउन नेपाल पेमेन्ट सोलुसन्स् प्रालिसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार लुम्बिनी विकास बैंक सँग आवद्ध ग्राहकहरुले नेपाल पेमेन्ट सोलुसन्स्को लोड वालेट तथा बिभिन्न मर्चेन्ट भुक्तानी जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् ।  

सम्झौतामा लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र नेपाल पेमेन्ट सोलुसन्स् प्रालिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रताप श्रेष्ठ ले संयुक्त रुपमा हस्ताक्षर गरेमन हुन् ।

बैंकले देशभरका  ३० वटा जिल्लामा ७७ शाखाहरु र १७ वटा एटिएमबाट आफ्ना करीब ३ लाख ग्राहकहरुलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।