मुक्तिनाथ कृषि कम्पनीकोे क्षेत्रीय कार्यालय र प्रदर्शनी केन्द्र स्थापना

मुक्तिनाथ कृषि कम्पनीकोे क्षेत्रीय कार्यालय र प्रदर्शनी केन्द्र स्थापना

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
मुक्तिनाथ कृषि कम्पनीले पोखरामा क्षेत्रीय कार्यालय र कृषि प्रदर्शनी केन्द्रको उद्घाटन गरेको छ । कम्पनीले कृषि उद्यमी परिचय पत्रको पनि सुरुवात गरेको छ । 

कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालले  देशभर रहेका कृषक तथा कृषि व्यवसायिहरु समक्ष वस्तु तथा सेवाहरु विस्तार गर्ने अभिप्राय अन्तरगत केन्द्रबाट भईरहेको सेवालाई थप सहज रुपमा संचालन गर्न र बढि भन्दा बढि कृषकहरु र कृषि व्यवसायिहरुलाई सेवा उपलब्ध गराउनको लागि प्रदेश स्तरीय कार्यालय स्थापना गर्ने कम्पनीको लक्ष अनुसार सर्वप्रथम गण्डकि प्रदेशको लागि कास्कि जिल्ला पोखरा महानगरपालीका स्थित नागढुङगामा कार्यालय तथा कृषि सामाग्रिहरुको प्रदर्शनी स्थलको स्थापना गरेको बताए ।  यसले समग्र गण्डकि प्रदेशको कृषि क्षेत्रको सवलिकरणमा नीजि क्षेत्रको संथागत अभियान शुरुवात भएको उनले बताए ।

कम्पनीले गण्डकी प्रदेशको प्रारम्भिक कार्य अवधारणा पनि सार्वजनिक गरेको छ । जसमा मुख्यतः कृषकसंग मुक्तिनाथ अभियान, कृषि उद्यमी परिचय पत्रको वितरण, कृषि श्रोत केन्द्रहरुको स्थापना, नवप्रवर्तत केन्द्रको शुरुवात, एक स्थानिय संरचना, एक कृषि परियोजना, अर्गानिक मल बैंकको स्थापना र बजार केन्द्रको स्थापना लगायतका कार्यहरु रहेका छन्।

कार्यक्रमा मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले कृषि आयातको अवस्था दयनिय रहेको र कृषि अर्थतन्त्रको सुधारमा कृषि कम्पनीले वृहत रुपमा काम गर्नुपर्ने अभिमारा रहेको बताए ।

कार्यक्रममा प्रमुख अतिथि तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले कम्पनीको ध्येय, लक्ष, उद्देश्य र कार्यक्रमहरु एकदमै राम्रो रहेको तर कार्यान्वयनको लागि केहि चुनौतीहरु रहेको औल्याए  । उनले कम्पनीको कार्यक्रमहरु सफलताको लागि नीतिगत रुपमा नै समग्र संरचनाहरु सुधार्नु पर्ने, कृषिलाई उद्योगसंग जोडनुपर्ने र नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिनियमहरु बन्नुपर्नेमा जोड दिए  । नेपालले पूर्वि एसियाका देशहरुले कृषिमा मारेको फड्कोको सन्दर्भमा अध्ययन गर्नुपर्ने र त्यसको विकसित मोडल तयार गरेको खण्डमा मात्र हामीले सोचेजस्तो विकास गर्न सकिनेमा जोड दिए ।

साथै कम्पनीले दोश्रो कार्यक्रमको रुपमा वार्षिक साधारण सभा पनि सम्पन्न गरेको छ ।