सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले लिए शपथ

सिभिल बैंकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले लिए शपथ

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
 सिभिल बैंक लिमिटेडको संचालक समितिको ३६२ औं बैठकबाट नवनियुक्त अध्यक्ष संचालक प्रताप जङ्ग पाण्डेलाई आज सोमबारका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले पद तथा गोपनियताको शपथ गराएका छन् । 

अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरे ।

बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटल लाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने धारणा राखे ।

बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत राखेका छन् ।