नेपालमा पनि देखियो कोरोना भाइरसको ओमिक्रोन भेरीयन्ट, बैंक/वित्तमा कस्तो असर पर्ला ?

नेपालमा पनि देखियो कोरोना भाइरसको ओमिक्रोन भेरीयन्ट, बैंक/वित्तमा कस्तो असर पर्ला ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोन भेरीयन्ट पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा पनि ओेमिक्रोन भाइरस पुष्टि भएको जनाएको हो।

मन्त्रालयका अनुसार ६६ वर्षीय विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय व्यक्तिलाई ओमिक्रोन भेरियन्ट देखिएको हो । उनीहरू दुवैले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका थिए भने उनीहरुले पीसीआर नेगेटिभ रिपोर्ट लिएर आएका थिए । उनीहरूसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ गरिएको पनि मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयले मंगलवार पत्रकार सम्मलेन गरेर यस बारे जानकारी दिएको हो । दक्षिण अफ्रिकाबाट आएका उनीहरुको नमुना संकलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको सङ्क्रमण भेटिएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए ।

साथै बैंक तथा वित्तिय क्षेत्रमा पनि यसले प्रतक्ष तथा अप्रतक्ष रुपमा असर पार्ने जानकारहरु बताउँछन । विगतमा कोभिड–१९ को संक्रमणले मुलुकको अर्थतन्त्रमा प्रभाव पारेको थियो ।