म्याद थपको पत्र बोकेर हिमालयन र इन्भेष्टमेन्ट बैैंक राष्ट्र बैंकमा

म्याद थपको पत्र बोकेर हिमालयन र इन्भेष्टमेन्ट बैैंक राष्ट्र बैंकमा

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जको बारेमा निर्णय गर्न नसकेपछि म्याद थपको लागि आइतबार नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।

नेपाल राष्ट्र बैंकले ति दुवै बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको तीन महिना आइतबार पुगेको छ । राष्ट्र बैंकले गरेको व्यवस्था अनुसार कुनैपनि बैंकले मर्जरको लागि सैद्धान्तिक सहमति पाएको तीन महिनाभित्र अन्तिम स्वीकृति लिनुपर्छ । यदी अन्तिम स्वीकृत नलिएमा मर्जर रद्ध हुने व्यवस्था छ ।

त्यसैले पनि मर्जर अवधि सकिने दिन दुवै बैंकले म्याद थपको पत्र बोकेर राष्ट्र बैंक पुगेको हो । नेपाल राष्ट्र बैंकका प्रबक्ता एबं बैंक तथा वित्तिय संस्था विभागका प्रमूख देवकुमार ढकालले केन्द्रिय बैंकले अध्ययन गरिरहेको र उचित लागेमा मर्जरको लागि म्याद थप्न सक्ने बताए । उनले भने, ‘म्याद थपका लागि राष्ट्र बैंकमा पत्र आएको छ, हामी अध्ययन गरेर उचित लागेमा थप्ने छौ। ’

तर नेपाल राष्ट्र बैंक भने हिमालयन र इन्भेष्टमेन्ट बैंक जसरी भएपनि मर्जर गराएरै छाड्ने पक्षमा छ। त्यसैले उसले समय थप्न पक्का जस्तै भएको छ ।
तर हिमालयन बैंकका अध्यक्ष प्रचन्डमान श्रेष्ठ भने यो मर्जर भाडिनुपर्नेमा छन् । उनी इन्भेष्टमेन्ट बैंकले एफ्पीओको बारेमा महालेखा परिक्षकको कार्यालयले देखाएको बेरुजुको कुरा स्पष्ट हुनुपर्ने र अर्को मर्जरपछि बन्ने बैंकको अध्यक्षमा आफू अध्यक्ष हुनुपर्ने छ ।