बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकका ग्राहकलाई विशेष छुट दिने विषयमा आइएसओएन हेल्थकेयरसँग सम्झौता भएको छ।
सम्झौताअनुसार बैंकको खाता भएका ग्राहक र कार्ड होल्डरहरुले आइएसओएन हेल्थ केयरमार्फत भारत, थाइल्याण्ड, सिंगापुर, मलेसिया, दुबई, टर्कीसहित अन्य देशमा लिने स्वास्थ्य सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन्।
सम्झौतामा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिब र आइएसओएनका अध्यक्ष विवेक गुप्ताबीच हस्ताक्षर भएको छ। कार्यक्रममा आइएसओएनका अध्यक्ष गुप्ताले यस सम्झौताबाट ग्राहकहरु छुट लिएर लाभान्वित हुनसक्ने बताएका छन्।
उनले आइएसओएनको विश्वका एक हजार बढी अस्पताल र २५ सय बढी डाक्टरहरुसँग सहकार्य रहेको बताएका थिए। यस बैंकको १२ लाख ग्राहक छन्। साथै एक सय ५ शाखा सञ्जाल, एक सय ३८ एटीएम र राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्र छन्।
प्रतिक्रिया