जनशक्ति नहुँदा साइबर सेक्युरिटीका नाममा अर्बौ रकम बाहिरिएको छः डेपुटी गर्भनर मिश्र 

जनशक्ति नहुँदा साइबर सेक्युरिटीका नाममा अर्बौ रकम बाहिरिएको छः डेपुटी गर्भनर मिश्र 

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रले स्वेदशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको बताएका छन् ।

बिहीबार द ब्रिटीस कलेजले आयोजना गरेको कार्यक्रममा आफ्नो धारणा राख्दै उनले देशमा साइबर सेक्युरिटी सम्बन्धि दक्ष र सीपयुक्त जनशक्ति नहुँदा वार्षिक ठूलो रकम विदेशिने गरेको र यसले देशलाई आर्थिक व्ययभार पनि हुने गरेको बताएका हुन् । ब्रिटिस कलेजले ‘साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक’ विषयको पढाई गर्नको लागि आयेजित कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उनले ब्रिटिस कलेजले पढाई सञ्चालन गर्दा वार्षिक विदेशिने गरेको ठूलो रकम नेपालमै रहने र दक्ष जनशक्ति पनि स्वदेशमै उत्पादन हुने विश्वास लिएको बताए ।

‘अहिले देशमा साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक पढेको जनशक्तिको आवश्यकता र माग बढेकोले यो विषयको पढाईले धेरै टेवा पुग्ने उनको भनाई छ । ‘अहिले साइबर सेक्युरिटी एण्ड डिजिटल फरेन्सिक विषय पढ्ने चाहना हुनेले सिंगापुर लगायतका देशहरुमा जानु पर्ने बाध्यता छ, देशमा दक्ष जनशक्ति पनि अभाव छ, विदेशबाट जनशक्ति ल्याउनु पर्ने बाध्यता छ, उनीहरुले वार्षिक ठूलो रकम लिइरहेका छन्, अब ब्रिटीस कलेजको यो कदमले देशलाई केही राहत हुने मैले महसुस गरेको छु,’ उनले भने ।

यस्तै, कार्यक्रममा द ब्रिटिस कलेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक राजन कँडेलले युर्निभर्सिटी अफ वेष्ट इंग्ल्याण्डको सम्वन्धनमा यो नयाँ विषयको पढाई सञ्चालन गरेको बताए । उनले विद्यार्थीहरुको सिकाईका लागि कलेजमा ल्याव पनि राखेको बताए । सैद्धान्तिक तथा प्रयोगात्मक क्षेत्रका विज्ञहरुले यो विषयको पढाई गर्ने उनको भनाई छ ।

‘कम्प्युटरमा आधारित गतिविधिहरुको जाँच, प्रविधियुक्त उपकरणहरुको प्रयोगले विद्यार्थीहरुलाई थप लाभ हुनेछ, देशमा साइबर क्राइम जस्ता क्रियाकलाप रोक्न यसले धेरे मद्दत पुग्नेछ,’ उनले भने । कोरोनाभाइरस ९कोभिड– १९०को महामारीको कारण नेपालमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुको वृद्धि भएको र साइबर क्राइमका गतिविधि पनि बढेकोलाई यसलाई रोक्न आवश्यक भएको बताए ।