लघुवित्तलाई राष्ट्र बैंकको कडाई, अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने

लघुवित्तलाई राष्ट्र बैंकको कडाई, अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
लघुवित्तहरूले पनि अब अन्य कम्पनीको सेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले “घ” वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन, २०७७ मा संशोधन/परिमार्जन/थप गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।

जस अनुसार अब घ वर्गका संस्थाहरुले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा सामूहिक लगानी कोषमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा लगानी गर्न पाउने छैनन् । हाल कायम रहेका यस्ता लगानीहरु २०७९ साल असार मसान्तभित्रमा विनिवेष गरिसक्नु पर्नेछ।

यसअघि  घ वर्गका संस्थाहरुले घ वर्गकै अन्य संस्थाहरुद्वारा जारी भएका सेयर सुरक्षणपत्र वा अन्य कुनै पुँजी उपकरणहरुमा लगानी गर्न नपाइने व्यवस्था रहेकाे थियाे ।