ग्राहकलाई लक्ष्मी बैंकको आग्रहः तत्कालै केवाईसी अपडेट गर्नु

ग्राहकलाई लक्ष्मी बैंकको आग्रहः तत्कालै केवाईसी अपडेट गर्नु

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 

लक्ष्मी बैंकले ग्राहकलाई ग्राहक पहिचान फारम (KYC) र आफ्नो ब्यतिगत विवरण अध्यावधिक गर्न आग्रह गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा ईजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन अनुसार विवरण यथाशीघ्र अध्यावधिक गर्न बैंकले आग्रह गरेको हो ।

जस अनुसार बैंकल ग्राहक पहिचान फारम (KYC) अध्यावधिक नगरेका ग्राहकहरुले मिति २०७८ पौष मसान्त भित्रमा अध्यावधिक गर्नु आग्रह गरेको छ। साथै सम्पर्क नम्बर, ठेगाना परिर्वतन भएमा सो समेत अध्यावधिक गर्न बैंकले आग्रह गरेको छ।

ग्राहकको खातामा भएको कारोबारको जानकारी SMS/Email मार्फत जानकारी गराउनु पर्ने प्रावधान भएको कारणले आफ्नो खाता रहेको शाखा अथवा आफूलाई पायक पर्ने नजिकको शाखामा गई आफ्नो मोबाइल नम्बर र इमेल ठेगाना अध्यावधिक गर्न पनि बैंकले आग्रह गरेको छ। कुनै ग्राहक (प्राकृतिक व्यक्ति)ले स्वदेशी मुद्रामा एउटै प्रकृतिका एक भन्दा बढी खाता तथा एउटै प्रकारको एकभन्दा बढी कार्ड डेविट क्रेडिट) प्रयोग गरिरहेको छ भने, एउटा मात्र खाता तथा कार्ड कायम गर्न पनि बैंकले अनुरोध गरेको छ।

१० वर्षदेखि खातामा कारोवार नगरि शून्य मौज्दातमा रहेका निष्कीय खातालाई आफ्नो खाता रहेको शाखा अथवा आफूलाई पायक पर्ने नजिकको शाखामा गई आवश्यक प्रक्रिया पूरा गरी खाता सक्रीय गर्न बैंकले आग्रह गरेको छ। 

ग्राहक पहिचान फारम (KYC) अध्यावधिक नगरिएका ६ महिना भन्दा बढी समयसम्म कारोबार नभएका शून्य मौज्दातका खाताहरु तथा १० वर्षदेखि शुन्य मौज्दातमा रहेका खाताहरु मिति २०७८ माघ मसान्त पश्चात् स्वतः बन्द गरिने तथा ग्राहक पहिचान फारम (KYC) अध्यावधिक नगरिएका खातामा कारोबार रोक्का राखिने बैंकले जनाएको छ ।