इच्छाराजलाई ऋण तिर्न ३५ दिने संचय कोषको अल्टिमेटम, नतिरे सुन्धारको सीटीसी मल लिलाम गर्ने तयारी

इच्छाराजलाई ऋण तिर्न ३५ दिने संचय कोषको अल्टिमेटम, नतिरे सुन्धारको सीटीसी मल लिलाम गर्ने तयारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
कर्मचारी संचय कोषले सिभिल सहकारीका संचालक इच्छाराज तामाङसहितको नाममा सार्वजनिक सूचना जारी गरेर ऋणको सावाँ ब्याज तिर्न आउँनको लागि आग्रह गरेको छ । कोषले आज सोमबार सूचना जारी गर्दै ३५ दिन भित्र सम्पूर्ण सावाँ, ब्याज, ब्याजमा लाग्ने जरिवाना र अन्य जरिवाना चुक्ता गर्नको लागि आग्रह गरेको हो । 

यदि ३५ दिन भित्र रकम चुक्ता नगरेमा कोषले धितो लिलाम गरेर रकम असुल गरिने जनाएको छ । कोषले धितोको रुपमा रहेको सुन्धाराको ६ रोपनी क्षेत्रफल जग्गामा रहेको सिटिसी मल र सो मा निर्माण गरिएको र ८२ हजार ९५ वर्गफिट बराबरको पसल कवलहरु लिलाम गरिने जनाएको छ । 

इच्छाराजले सिभिल स्टेट्स्को नामबाट लिएको ऋणको सावाँ र ब्याज नतिरेसम्म कोषले सार्वजनिक सूचना निकालेको हो । सिभिल स्टेट्स्का संचालक इच्छाराज तामाङ, केशवलाल श्रेष्ठ र प्रविण मुखिया हुन्। ऋण लिंदा जमानीहरुको रुपमा तामाङ, श्रेष्ठ र प्रविण सहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान, र सुमन नन्दन वैध रहेका छन्।

कोषले जारी गरेको सूचनामा भनिएको छ 'तपाईं तपसिलका ऋणीले आफ्नो कारोबार सञ्चालनार्थ यस कोषबाट लिनुभएको ऋण रकमको भाखा नाघेको ऋणको साँवा व्याज रकम नतिर्नु / नबुझाउनु भएकोमा कोषले पटकपटक तरताकेता गरी भुक्तानीका लागि म्याद दिँदा समेत भुक्तानी गर्न नआउनु भएकाले यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतीस) दिनभित्र कोषमा सम्पर्क गरी तिर्न, बुझाउन बाँकी सम्पूर्ण ऋण रकम, सोमा लाग्ने व्याज र हर्जाना व्याज तथा लाग्ने अन्य रकमसमेत चुक्ता वा ञ्चय कोष ऐन, २०१९, कर्जाको शर्त सम्झौता, लिखतहरू तथा प्रचलित ऐन, कानुनबमोजिम धितोमा रहेको तपसिलको चल, अचल सम्पत्ति कोषले कुनै पनि बखत कब्जा/लिलाम बिक्री गरी वा अन्य कार्यबाही गरी असुलउपर गरी लिनेछ । उक्त कब्जा/लिलाम बिक्रीबाट सम्पूर्ण ऋण रकम र सोसँग सम्बन्धित अन्य रकम समेत असुल उपर नभएमा कानुनबमोजिम ऋणी तथा जमानी दिनेको अन्य चल, अचल सम्पत्तिबाट असुल उपर गरिनेछ । सोबाट पनि नपुग हुन आएमा कानुनबमोजिम कार्यबाही गरी कोषले आफ्नो लेना असुल उपर गरी लिनेछ । लिलामी कार्यबाहीको सिलसिलामा लागेको सम्पूर्ण खर्च ऋणीबाटै असुल उपर गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।'

यस्तो छ कोषले जारी गरेको सूचना 

\"\"