सार्क राष्ट्रका गभर्नरहरुको छाता संस्थाको अध्यक्षमा गभर्नर अधिकारी

सार्क राष्ट्रका गभर्नरहरुको छाता संस्थाको अध्यक्षमा गभर्नर अधिकारी

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी राष्ट्रका गभर्नर तथा डेपुटी गभर्नरहरुको छाता संस्थाको अध्यक्ष बनेका छन् ।

नोभेम्बर १५ तारिखका दिन भर्चुअल माध्यमबाट आयोजित सार्क फाइनान्स गभर्नर्स ग्रुपको ४२ औं बैठकले अधिकारीलाई अध्यक्ष चयन गरेको हो ।

माल्दीभ्स मनिटरी अथोरिटीद्वारा आयोजित भर्चुअल बैठकमा नेपाल राष्ट्र बैंकलगायत सार्क राष्ट्रका अन्य केन्द्रीय बैंकहरू बंगलादेश बैंक, रोयल मनिटरी अथोरिटी अफ भुटान, भारतीय रिजर्व बैंक, माल्दीभ्स मनिटरी अथोरिटी, स्टेट बैंक अफ पाकिस्तान र सेन्ट्रल बैंक अफ श्रीलंकाका गभर्नर, डेपुटी गभर्नर तथा सम्बद्ध अधिकारीहरूको सहभागिता थियो ।

बैठकमा दक्षिण एसियाको आर्थिक तथा वित्तीय क्षेत्रको वर्तमान अवस्था, शोधानान्तर स्थिति, कुल विदेशी विनियम सञ्चिति, मुद्रास्फीति, कर्जा प्रवाह, विकास, जलविद्युत्, पर्यटनलगायतका साझा चासो र सहकार्यका विषयमा छलफल भएको थियो ।

सो अवसरमा नेपालका तर्फबाट गभर्नर अधिकारीले नेपालको अर्थतन्त्रका आधारभूत पक्षबारे जानकारी गराएका थिए ।

बैठकमा नेपाल राष्ट्र बैंकका तर्फबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना, बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरू डा. नेफिल मातङ्गी मास्के, डा. प्रकाशकुमार श्रेष्ठ, निर्देशक डा. रामशरण खरेल तथा सार्क फाइनान्स संयोजक नारायणप्रसाद पोख्रेललगायतका अधिकारीहरूको सहभागिता थियो ।