राष्ट्र बैंकले गर्‍यो जिएमई-पेको अनुमति खारेज

राष्ट्र बैंकले गर्‍यो जिएमई-पेको अनुमति खारेज

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल राष्ट्र बैंकले एक भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमतिपत्र खारेज गरेको छ।

बैंकको भुक्तानी प्रणाली विभागले मंगलबार एक सूचना जारी गर्दै जीएमई-पे प्राइभेट लिमिटेडको अनुमतिपत्र खारेज गरेको हो।

'यस बैंकबाट २०७७ को असोज २२ गते जिएमई-पे प्राइभेट लिमिटेड, लैनचौर काठमाडौंलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुमतिपत्र प्रदान गरिएकामा भुक्तानी तथा फर्छ्यौट विनियमावली २०७७ को विनिमय ३५ को उपविनिमय १ को (क) को व्यवस्थाबमोजिम उक्त अनुमतिपत्र खारेज गरिएको हो', बैंकले जारी गरेको सूचनामा भनिएको छ।

राष्ट्र बैंकका भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक भुवन कँडेलका अनुसार सो वालेटले भुक्तानी तथा फर्छ्यौट  विनियमावलीको व्यवस्था पालना नगरेकाले अनुमति खारेज गरिएको हो।

'भुक्तानी तथा फर्छ्यौट विनियमावलीअनुसार भुक्तानी सेवा प्रदायक कम्पनीको अनुमति लिएको मितिले छ महिनाभित्र सेवा सञ्चालन गर्नुपर्ने व्यवस्था छ। सोही व्यवस्थाअनुसार एक वर्षसम्म पनि सेवा सञ्चालमा ल्याउन नसकेपछि अनुमतिपत्र खारेज गरिएको हो', उनले भने। रासस