बैंकिङ्ग समाचार, काठमाडौं ।
सनराइज बैंकले बाँके जिल्लाको जानकी गाउपालिका वडा नम्बर ४ स्थित खजुराखुर्दमा शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ।
सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ७९ पुगेको छ।
बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित सेवाअन्तर्गत एटिएम कार्डमार्फत कारोबार गर्न सकिनेछ। ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सक्ने बैंकले बताएको छ।
कृषि र रेमिट्यान्स प्रमुख आय स्रोत रहेको उक्त क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ सेवा सुरु गरेको बैंकको भनाई छ। बैंकले हालसम्म १३९ वटा शाखा, ७९ शाखारहित बैंकिङ्ग सेवा, १२ एक्सटेन्सन काउण्टर र १५८ एटिएममार्फत सेवा दिँदै आएको छ।
सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि सेवा संचालन गर्दै जाने योजना बैंकको छ।
प्रतिक्रिया