सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र ०.८९४ नगद लाभांश दिने

सानिमा बैंकले १७ प्रतिशत बोनस शेयर र ०.८९४ नगद लाभांश दिने

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
सानिमा बैंकको १७औं वार्षिक साधारण सभा सकिएको छ। शेयरधनीहरुको उपस्थितिमा आज बैठक सकिएको हो।  कोभिड–१९ संक्रमणलाई मध्यनजर गर्दै अधिकतम शेयरधनीहरुको उपस्थितिको लागि भर्चुअल माध्यमको व्यवस्थासमेत गरिएको थियो। 

बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त सभाले संचालक समितिले प्रस्ताव गरेअनुसार हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र ०.८९४७ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। 

संस्थापक समूहको तर्फबाट संचालक समितिमा तुक प्रसाद पौडेल, गायत्री थापा र डा. केशव प्रसाद आचार्य सर्वसम्मत रुपमा निर्वाचित  भएका छन्। 

तुक प्रसाद पौडेल र गायत्री थापा भने पुःननिर्वाचित भएका हुन्। आर्थिक बर्ष २०७७/७८ मा २.३२ अर्ब खुद मुनाफा गरेको सानिमा बैंकको कुल सम्पत्ति १६०.७५ अर्ब, कुल निक्षेप १३०.८८ अर्ब तथा खुद कर्जा सापटी  १२३.१७ अर्ब रहेको छ।

आव २०७६/७७ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश १८.८८, ३१.४५ र २७.२६ प्रतिशतले बृद्धि गरेको छ।