इन्भेष्टमेन्ट बैंकको नाफा ४८% बढ्यो, सीडी रेसियो ९५ प्रतिशत माथि

इन्भेष्टमेन्ट बैंकको नाफा ४८% बढ्यो, सीडी रेसियो ९५ प्रतिशत माथि

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड (NIB) ले चालु आर्थिक वर्ष २०७८।७९ को पहिलो त्रैमास अर्थात तीन महिना अवधिमा ९२ करोड ३७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आर्जन गरेको यो खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.०९ प्रतिशत धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले ६२ करोड ३८ लाख १४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद नाफा बढेसँगै बैंकको वार्षिक प्रतिशेयर आम्दानी पनि ५.२२ रुपैयाँले बढेको छ । समीक्षा अवधिमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी २२.७३ रुपैयाँ पुगेको छ । गत आवको पहिलो त्रैमासमा बैंकको वार्षिक इपिएस १७.५१ रुपैयाँ रहेको थियो ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १६ करोड २५ लाख ७३ हजार रुपैयाँ रहेको छ । यसबाट बैंकले वार्षिक ४.५७ प्रतिशत मात्र लाभांश वितरण गर्नसक्ने क्षमता राख्दछ । यद्यपी शेयरधनी कोषमा सञ्चित रकम अनुसार बैंकले लगानीकर्तालाई थप लाभांश वितरण गर्न सक्दछ ।

आज सार्वजनिक भएको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले असोज मसान्तसम्ममा बैंकले १ खर्ब ७४ अर्ब ५२ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन तथा १ खर्ब ६० अर्ब ४ करोड १८ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसबाट बैंकले १ अर्ब २७ करोड ९० लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी तथा १ अर्ब ३१ करोड ९७ लाख ८ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

चुक्ता पूँजी १६ अर्ब २५ करोड ७३ लाख ३० हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १४ अर्ब २० करोड ८७ लाख र शेयरधनी कोषमा २ अर्ब २ करोड २४ लाख रुपैयाँ र शेयर प्रिमियममा ४८ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी स्थीर रहँदा शेयरधनी कोष १०.१२, कर्जा लगानी २.०६ र सञ्चालन नाफा ४८.०९ प्रतिशतले बढेको छ । बैंकको जगेडा कोष ०.५१, निक्षेप संकलन ०.०२, खुद ब्याज आम्दानी २१.७० प्रतिशतले घटेको छ । खुद ब्याज आम्दानी घटेपनि शुल्क तथा कमिसन आय, अन्य सञ्चालन आम्दानी र इम्पेरिमेन्ट चार्ज घट्दा बैंकको सञ्चालन नाफासँगै खुद नाफामा बढोत्तरी आएको हो ।

असोज मसान्तसम्ममा बैंकको खराब कर्जा अनुपात घटेर २.२७ प्रतिशत, कोषको लागत ४.८९, आधार ब्याजदर ६.७७, स्पेडदर २.५९, प्रतिशेयर नेटवर्थ १९९.८७ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०.२४ गुणा छ ।

यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९५.३७ प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकले ९० प्रतिशत सीमा तोकेकोमा बैंकको सीडिअनुपात सीमाभन्दा ५ प्रतिशत माथि देखिएको हो ।