शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, बोनश सेयर कति ?

शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव, बोनश सेयर कति ?

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
शाइन रेशुङ्गा डेभलपमेन्ट बैंकले लाभांश प्रस्ताव गरेको छ । बैंकले नगद लाभांश (कर प्रयोजनका लागि) तथा बोनश शेयर प्रस्ताव गरेको हो ।

बैंकले चुक्त पूँजीको १०.९३ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । बोनश शेयर वितरण गर्नका लागि नेपाल राष्ट्र बैंकसँग अनुमति माग गर्ने तथा सो सम्बन्धमा नेपाल राष्ट्र बैंकबाट निर्णय भई आए पश्चात आगामी बार्षिक साधारण सभामा स्वीकृतिको लागि पेश गर्ने पनि बैंकले जनाएको छ ।

बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि १ करोड ९६ लाख ७ हजार ६३७ रुपैयाँ १२ पैसा र १०.९३ प्रतिशत बोनश शेयरका लागि ३७ करोड २५ लाख ४५ हजार १०५ रुपैयाँ २५ पैसा प्रस्ताव गरिएको छ । 

यो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ । बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार ९०९ रुपैयाँ छ । बोनश वितरण पश्चात बैंकको चुक्ता पूँजी ३ अर्ब ७७ करोड पुग्नेछ ।