२ करोडको बैंकिङ्ग कसुरमा सिन्धु विकास बैंकका म्यानेजर समातिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
पौने २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरोले सिन्धु विकास बैंक लिमिटेड काभ्रे दोलालघाटका शाखा प्रमुख ३१ वर्षीय सुमन खरेललाई पक्राउ गरेको हो। उनले सिम्धुब बैंकको करोड ७९ लाख ९० हजार ८ सय ५५ रूपैयाँ हिनामिना गरेको जनाइएको छ । सिन्धु विकास बैंकले दैनिक रूपमा संकलन हुने कारोबारको रकम एनसिसी बैंक बाह्रबिसे शाखामा आफ्नो खातामा जम्मा गरेको पाइएको छ । 

प्रहरीले बैंकिङ्ग कसूर मुद्दामा अनुसन्धान अघि बढाएको छ। दैनिक जम्मा गर्नुपर्ने शाखा प्रमुखले प्रमुखले जम्मा नगरेको तथा एक करोड ७९ लाख ९० हजार ८ सय ५५ रुपैयाँ निकालेर बैंकलाई हानी पुर्‍याइ सम्पत्ति अपचलन गरेको आरोपमा छ ।