दशैंपछि बैंकको ऋण लगानी ठप्प, २० अर्बले घट्यो निक्षेप

दशैंपछि बैंकको ऋण लगानी ठप्प, २० अर्बले घट्यो निक्षेप

Manoj Regmi
0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।  
दशैंपछि कमर्सीयल बैंकहरुको ऋण लगानी ठप्प देखिएको छ । पछिल्ले एक सातामा बैंकहरुको कर्जा लगानी बढ्न नसकेको नेपाल बैंकर्स संघले जनाएको छ ।

संघका अनुसार असोज मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ३९ खर्ब ९८ अर्ब रुपैयाँ रहेको थियो । कात्तिक महिनाको ५ गतेसम्म आइपुग्दा पनि बैंकहरुले कर्जा लगानी बढाउन सकेका छैनन् । अर्थात असोज मसान्तमा भएको ३९ खर्ब ९८ अर्ब रुपैयाँमात्रै कर्जा लगानी रहेको छ ।

बैंकको कर्जा लगानी ठप्प देखिए पनि निक्षेप संकलन भने घटेको छ । एक साताको अवधिमा निक्षेप २० अर्बले घटेको संघले जनाएको छ । संघले उपलब्ध गराएको तथ्यांक अनुसार बैंकहरुको निक्षेप असोज मसान्तसम्म ४२ खर्ब ६९ अर्ब रुपैयाँ थियो । ५ कात्तिकसम्म आइपुग्दा बैंकहरुको निक्षेप २० अर्बले घटेर ४२ खर्ब ४९ अर्ब रुपैयाँमा झरेको छ ।

दशैं पछाडि बैंकहरुको लगानी नबढेको बैंकर्स संघले जनाएको छ ।  संघका अनुसार भर्खरै दशैं सकिएको र चाडवाड लगत्तै भएकाले कर्जा लगानी बढेको छैन र   लगानी गर्नका लागि केही बैंकहरु अहिले पनि ‘कन्फरटेवल’ नै रहेका छन ।