राष्ट्र बैंकको निर्देशन नमान्ने नौ वाणिज्य बैंक र आठ फाइनान्स कारवाहीमा (सूचीसहित)

राष्ट्र बैंकको निर्देशन नमान्ने नौ वाणिज्य बैंक र आठ फाइनान्स कारवाहीमा (सूचीसहित)

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं । 
पछिल्लो समय राष्ट्र बैंकले वित्तीय नियम उल्लघन गर्ने बैंक तथा वित्तीय संस्था धमाधम कारबाही गरिरहेको छ । राष्ट्र बैंकले वाणिज्य बैंक र फाइनान्स कम्पनीलाई नियम अनुसार काम नगरेको भन्दै कारबाही गरेको छ । गत आर्थिक वर्षमा आठ फाइनान्स कम्पनी र नौ वाणिज्य बैंकलाई केन्द्रीय बैंकले कारबाही गरेको हो । 

हाल सञ्चालनमा रहेको २७ वाणिज्य बैंकमध्ये नौं बैंकलाई राष्ट्र बैंकले गत आर्थिक वर्षमा  तोकिएको शर्त पालना नगरेको तथा पालना गर्नुपर्ने नियम उलंघन गरेको भन्दै कारवाही गरेको छ ।राष्ट्र बैंकको बैंक तथा वित्तीय क्षेत्र सुपरिवेक्षण विभागले गत आवमा गरेको अनुगमन तथा निरीक्षणमा दिइएको नीति निर्देशन विपरित कारोबार गर्ने वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई जरिवानासहित कारवाही गरेको जानकारी दिएको छ ।
 
राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई तोकिएको अनिवार्य नगद मौज्दात (सीआरआर) कायम नगरेको, सम्पती सुदृढीकरण सम्बन्धी ऐन उल्लंघन गरेको, प्राथमिकता प्राप्त क्षेत्रमा सीमासम्म लगानी नगरेको तथा अन्य नीति निर्देशन विपरित गएर कारोबार गरेको भन्दै कारबाही गरेको छ ।
 
जरिवानासहित कारबाहीमा पर्नेमा स्ट्याण्डर्ड चार्टर्ड, ग्लोबल आइएमई, राष्ट्रिय वाणिज्य, लक्ष्मी, सिभिल, प्रभु, नेपाल बंगलादेश र हिमालयन बैंक छन् । राष्ट्र बैंकले यी बैंकहरूलाई पहिलो त्रैमासदेखि अन्तिम त्रैमाससम्म कारबाही गरेको हो । जसमा स्ट्याण्डर्ड चार्टर्ड, सिभिल र हिमालयन पटक पटक तोकिएको नियम उल्लंघन गरी कारवाहीमा परेका राष्ट्र बैंकले जानकारी दिएको छ ।

गत आवको पहिलो त्रैमासमा लक्ष्मी बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशनउल्लघन गरेका कारण २० लाख रुपियाँ जरिवानामा परेको छ । गत आवको दोस्रो त्रैमासमै स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह नगर्दा ५७ लाख ८४ हजार ६१७ रुपियाँ जरिवाना तिरेको थियो ।

राष्ट्र बैंकबाट पहिलोपटक कारवाही भोगको बैंकले फेरि तोकिएको निर्देशन पालना नगरेका कारण दोस्रो पटक पनि कारवाही स्वरुप राष्ट्र बैंकले सचेत गराएको थियो । गत आवको दोस्रो त्रैमासमै ग्लोबल आइएमई बैंकलाई राष्ट्र बैंकले दिइएको अन्य निर्देशन उल्लंघन गरेका कारण यसलाई कारवाही स्वरुप राष्ट्र बैंकले अन्तिम मौका दिँदै सचेत गराएको छ । दोस्रो त्रैमासकै अवधिमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठलाई राष्ट्र बैंकले बोलाएर नियम उल्लंघन गरेको भन्दै सचेत गराएको थियो ।

\"\"