बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंकले शेयरधनीहरुलाई १७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
आइतबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश(लाभांश करसमेत गरी) प्रस्ताव गर्ने निर्णय गरेको हो ।
बैंकको हाल कायम चुक्ता पूँजी १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपियाँ रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव केशवप्रसाद भण्डारीले जनाएका छन् ।
प्रतिक्रिया