बैंकिङ्ग समाचार, काठमाडौं ।
मुक्तिनाथ विकास बैंकले “मुक्तिनाथ उत्कृष्ट बचत खाता” सञ्चालनमा ल्याएको छ । बैंकले उच्च ब्याजदर सहित १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सूविधा भएको मासिक ब्याज आर्जन हुने खाता संचालनमा ल्याएको हो ।
बैंकका अनुसार यस खाता योजनामा ग्राहकहरुले १० हजारको न्यूनतम मौजदात खाता खोल्न सक्नेछन् र यस बचत खातामा बैंकले ग्राहकहलाई वार्षिक सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी गरिने छ।
साथै पहिलो वर्षको लागि निशूल्क भिसा डेबिट कार्ड र हरेक वर्ष निशूल्क मोबाईल बैंकिङ्ग तथा निशूल्क इन्टरनेट बैंकिङ्गको सेवा समेत प्रदान गरिने बैंकले जनाएको छ । यस खाताबाट मासिक बचत गर्ने र न्यूनतम लगानीमा उच्चतम प्रतिफल खोज्ने ग्राहकवर्गहरुलाई अत्यन्त फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रतिक्रिया