नेपाल बैंकको सञ्चालकमा रितेशकुमार शाक्य नियुक्त

नेपाल बैंकको सञ्चालकमा रितेशकुमार शाक्य नियुक्त

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
 नेपाल बैंक लि.को सञ्चालक समिति सदस्य पदमा नेपाल सरकार, अर्थ मन्त्रालयको तर्फबाट अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भई आउनुभएको छ । नव नियुक्त सञ्चालकले २०७८ कात्तिक ४ गते सञ्चालक समितिका अध्यक्ष सुमनराज अर्यालबाट सञ्चालक पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

शपथ ग्रहण कार्यक्रम पश्चात् बैंक सञ्चालक समिति अध्यक्ष सुमनराज अर्यालले नव नियुक्त सञ्चालकलाई सञ्चालक समितिमा स्वागत गर्दै सञ्चालक समितिमा रहेर बैंकको नीति निर्माण र व्यावसायिक विकासमा सञ्चालक सदस्य रितेशकुमार शाक्यको महत्वपूर्ण योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

तत पश्चात् नवनियुक्त सञ्चालक सदस्य रितेश कुमार शाक्यले नेपाल बैंक लिमिटेडको सञ्चालकको जिम्मेवारीका लागि नेपाल सरकारलाई धन्यवाद ज्ञापन गर्नुहुँदै आफूले बैंकको हितमा सक्दो योगदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । शपथ ग्रहण कार्यक्रममा यस बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत र कम्पनी सचिव समेतको उपस्थिति रहेको थियो ।