मुक्तिनाथ विकास बैंकलाई ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड’

मुक्तिनाथ विकास बैंकलाई ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड’

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
साना तथा लघु क्षेत्रमा प्राथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ प्राप्त गरेको छ । एसएमई फाइनान्स फोरमले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो ।

ग्लोबल एसएमई फाइनान्स अवार्ड प्राप्त हुँदा गौरव महसुस भएको बैंकले जनाएको छ । साना तथा लघु उद्यमहरुमा बैंकले गरेको लगानीको प्रोत्साहन स्वरुप बैंकले उक्त अवार्ड प्राप्त गरेको हो । अवार्डका लागि संसारभरका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । त्यस मध्येमा नेपालबाट मुक्तिनाथ विकास बैंक पनि समावेश भएको थियो ।

मुक्तिनाथ विकास बैंकले साना र लघु क्षेत्रमा गरेको लगानीलाई सम्मान गर्दैै एसएमई फाइनान्स फोरमले बैंकलाई यो अवार्ड प्रदान गरेको सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द राउतले आर्थिक आवाजलाई जानकारी दिए । ‘हाम्रो प्राय लगानी लघु तथा साना उद्यममा रहेको छ,’ राउतले भने ।

बैंकले यस अगाडि २०२० मा युरोपियन माइक्रोफाइनान्स अवार्डसमेत प्राप्त गरिसकेको छ । देशभर कार्यक्षेत्र रहेको मुक्तिनाथ विकास बैंक नेपालको अग्रणी विकास बैंक हो । बैंकले देशभर १६५ शाखाबाट वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।