मेगा बैंकका शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न अनुरोध

मेगा बैंकका शेयरधनीलाई पुरानो लाभांश संकलन गर्न अनुरोध

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
मेगा बैंकले शेयरधनीलाई बैंकले विगतका वर्षहरुमा वितरण गरेको पुरानो लाभांश संकलन गर्न सूचना जारी गरेको छ ।

बैंकले साबिकका गण्डकी विकास बैंक, टुरिजम डेभलपमेण्ट बैंक, पश्चिमाञ्चल डेभलपमेण्ट बैंकको विभिन्न साधारण सभाबाट पारित नगद लाभांश संकलन गर्न भनेको हो । बैंकका अनुसार हालसम्म केही शेयरधनीले आफुले पाउने लाभांश बुझिनलिएको तथा दाबी समेत नपरेको भन्दै लाभांश संकलन गर्न भनेको हो ।

लाभांश संकलन गर्न बाँकी शेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र शेयरधनी प्रमाणपत्र र परिचय खुल्ने कागजातसहित शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स क्यापिटल लिमिटेड त्रिपुरेश्वर काठमाडौंमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।

पैतिँस दिनसम्म पनि लाभांश रकम संकलन नगर्ने शेयरधनीको नगद लाभांश कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने पनि बैंकले जनाएको छ । लाभांश वितरण भएको पाँच वर्षसम्म लाभांश भुक्तानी हुन नसके लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नुपर्ने हुन्छ ।