बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल प्रहरीले हुन्डी कारोबारमा संलग्न एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीबाट ८० लाख रूपैयाँ सहित कोटेश्वर बस्ने बाग्लुङका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई बुधबार राति पक्राउ गरेको हो ।
लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोवार भईरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले मगरलाई बा.४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रूपैयाँ सहित नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकाो थियो ।
अनुसन्धानको क्रममा मगरको कोठा तलासी गर्दा थप नगद ५० लाख रूपैयाँ फेला पारेको प्रहरीले जनाउको छ ।
उनलाई आवश्यक कारवाहीको लागि सम्पत्ति शुद्धीकरण बिभाग हरिहरभवन ललितपुर पठाइएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया