बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंकको निर्देशन पछि नबिल बैंक लिमिटेडले व्याजदर संसोधन गर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक ३ गते, बुधबार बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले बुधबार अबेर राति आफ्नो वेबसाइटमार्फत संसोधित ब्याजदर सार्वजनिक गरेको हो ।
उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.३६ प्रतिशतदेखि अधिकतम ६.३६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.३६ प्रतिशतदेखि अधिकतम ९.३६ प्रतिशतसम्म तोकिएको छ । यस्तै, संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ८.३६ प्रतिशतसम्म तोकिएको छ ।
बैंकले विभिन्न कर्जा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ । त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया