एभरेष्ट बैंकको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर

एभरेष्ट बैंकको २७ औं वार्षिकोत्सवको अवसरमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
एभरेष्ट बैंकले आफ्नो २७ औं वार्षिकोत्सव भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ ।  स्थापनाकालदेखि नै ग्राहकहरुलाई उत्कृष्ट सेवा प्रवाह गरिरहेको बैंकले ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् ।

मुलुकभर विभिन्न स्थानमा आफ्नो १०५ शाखा संजाल, १३८ एटिएम्सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाईल र इन्टरनेट र एसएमएस् बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिंदै आइरहेको छ । 

वार्षिकोत्सव अवसरमा मुख्य शाखा, लाजिम्पाटमा रक्तदान र निःशुल्क स्वास्थ्य जाँच शिविर सम्पन्न गरेको छ । रगतको बढ्दो माग आपूर्तिका निम्ति हाम्रा अधिकांश कर्मचारीहरुका साथै ग्राहकवर्गहरुसँग सक्रिय भई रक्तदान कार्यक्रममा सहभागिता जनाएको बैंकले जनाएको छ । 

उक्त कार्यक्रममा धेरै ग्राहक तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । रगतको बढ्दो मागलाई पुरा गर्ने उद्देश्यले बैंकका ५० भन्दा बढी कर्मचारीहरु तथा ग्राहकहरुले रक्तदान गरेका थिए । त्यसैैगरी १०० भन्दा कर्मचारीहरु तथा ग्राहकहरुले निःशुुल्क जाँच शिविरबाट वरिष्ठ चिकित्सकहरुबाट पोस्ट कोभिडको बारेमा आवश्यक परामर्श लिएका छन् । यसै कार्यक्रमको शिलशिलामा बैंकमा २५ वर्षभन्दा बढी सेवारत कर्मचारीहरुलाई सम्मान गरेको छ । 

यसैगरी बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ललितपुर महानगरपालिकासंग शंखमूल स्थित घाटमा विद्युतीय शव दाह उपकरण उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता पत्र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनका बीच साटासाट् गरिएको थियो । यसै अवसरमा बैंकले वानेश्वर स्थित शाखाका एकजना पुराना ग्राहकलाई अभिनन्दन पनि गरेको थियो ।