बैंकिङ्ग समाचार, काठमाडौं ।
चार्टड एकाउन्टेन्ट मनोज कुमार ज्ञवाली नबिल बैंक लिमिटेडको महाप्रबन्धकमा बढुवा भएका छन् । बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो ।
१४ महिनाअघि नबिलको नायव महाप्रबन्धकमा नियुक्त भएका ज्ञवाली महाप्रबन्धकमा बढुवा भएका हुन् । नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने चलन छ । बैंकको सोमबार बसेको सञ्चालक समितिले ज्ञवालीलाई बढुवा गरेको हो ।
अर्थात अव नबिल बैंकमा सुजित शाक्य र बिनय रेग्मीसँगै मनोज कुमार ज्ञवाली पनि डेपुटी सीइओका रुपमा रहने भएका छन् ।
ज्ञवाली नबिल आउनुअघि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । स्पष्ट अभिव्यक्ति दिने र बैंकिङको 'कोर नलेज' भएका व्यक्तिका रुपमा परिचित ज्ञवालीसँग नियामक नेपाल राष्ट्र बैंकमा समेत काम गरेको अनुभव छ ।
प्रतिक्रिया